Logo

चिरायु भर्ना भएका अरुण चौधरीलाई ग्राण्डी रिफर गरियो



काठमाडौं, १९ माघ । गएराति महाराजगञ्जस्थित चिरायु अस्पतालमा भर्ना भएका अरुण चौधरीलाई धापासीस्थित ग्राण्डी अस्पतालमा रिफर गरिएको छ । चौधरी हिजो (बिहीबार) बाँसबारी छालाजुत्ता कारखानाको जग्गा घोटाला प्रकरणमा पक्राउ परेका थिए ।

हिजो बिहान पक्राउ परेका चौधरी राति अस्पताल भर्ना भएका थिए । चौधरीको मुटुमा समस्या देखिएको चिकित्सकहरुले बताएका छन् ।

त्यसैगरी चौधरीसँगै पक्राउ परेका बाँसबारी छाला जुत्ता कारखानाका तत्कालीन अध्यक्ष अजितनारायण सिंह पनि अस्पताल भर्ना भएका छन् । उनलाई पनि ग्राण्डी रिफर गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्