Logo

ज्ञानेन्द्रले ‘कु’ गरेका होईनन्, देउवाले सत्ता सुम्पेका थिए: धवल शमशेर



काठमाडौं, १९ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवल शमशेर जबराले २०६१ माघ १९ मा तत्कालीन राजा ज्ञानेन्द्र शाहले ‘कु’ नगरेको दाबी गरेका छन् । आज (शुक्रबार) नेपाली रेडियो नेटवर्कको ‘नेपाली बहस’ मा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले राजाले ‘कु’ गरेको नभएर तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता राजालाई सुम्पेको बताएका हुन् ।

राप्रपाका महामन्त्री जबराले तत्कालीन प्रधानमन्त्री देउवाले आफूले चुनाव गराउन नसकेको, देशमा शान्ति सुव्यवस्था कायम गराउन नसकेको र सशस्त्र द्वन्द्वलाई समाधान गर्न नसकेको भनेर राजालाई सत्ता जिम्मा लगाएको उनको भनाइ छ ।

‘राजाले ‘कु’ गरे भन्नु गलत हो । राजालाई तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले महाराज हामीले चुनाव गराउन सकेनौं । हामीले देशमा सशस्त्र द्वन्द्वलाई समाधान गर्न सकेनौं । अब महाराजले देश चलाइदिन पर्यो । चुनाव गराइदिन पर्यो र देशमा शान्ति सुरक्षा कायम गराइदिन पर्यो भन्न पर्यो भनेर तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले राजालाई देशको बागडोर सु्म्पेको बिर्सन हुँदैन,’– उनले भने ।

तत्कालीन राजा ज्ञानेन्द्रले तत्कालीन प्रधानमन्त्री देउवालाई बर्खास्त गरी शासन सत्ता हातमा लिएका थिए । २०६१ माघ १९ मा ज्ञानेन्द्रले गरेका ‘कु’ का कारण २४० वर्षे राजतन्त्रको अन्त्य भएको धेरैको बुझाइ छ ।



प्रतिक्रिया दिनुहोस्