Logo

चितवन पुगेर महेश बस्नेतले भने, ‘अमेरिकामा बैंक ठगेर आएको रवि लामिछाने भगवान भएको छ’ (भिडिओसहित)



काठमाडौं, १९ माघ । नेकपा (एमाले) का पोलिटव्युरो सदस्य महेश बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अमेरिकामा १२/१३ वटा बैंक ठगेर आएको आरोप लगाएका छन् । आज (शुक्रबार) चितवनमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै नेता बस्नेतले अमेरिकामा बैंक ठगेर आएका रवि नेपालमा भगवान बनेको भन्दै टिप्पणी गरेका हुन् ।

रास्वपालाई पपुलिष्ट शक्तिको संज्ञा दिँदै उनले एक पटक जनतालाई झुक्याउने काम गरेको बताए । अब चितवनका जनतालाई रास्वपाजस्ता पपुलिष्ट शक्तिले फेरि झुक्याउन नसक्ने उनको भनाइ छ । ‘अमेरिका गएर बेकरी क्याफे खोलेर, तीन जना स्टाफ राखेर १२/१३ वटा बैंकमा ठगी गरेर आएको रवि लामिछाने नेपालमा भगवान भएको छ,’– उनले भने ।

रास्वपा गठन हुनुभन्दा अघि पोखरामा रवि लामिछानसँग बैठकमा बसेको टिमसँग आफूले छलफल गरिरहेको र उनीहरु केही समयमा एमालेमा आउने उनको दाबी छ ।

साथै, लामिछानेले अमेरिकी नागरिकतासमेत नत्यागेको उनको दाबी छ । आफूलाई अमेरिकी दूतावास स्रोतले जानकारी दिएको बताउँदै उनले लामिछानेले अमेरिकी सरकारलाई तिर्नुपर्ने दायित्व पाँच अर्बभन्दा बढी रहेको र त्यो रमक भुक्तानी नगरेसम्म नागरिकता त्याग्न नमिल्ने उनको भनाइ छ



प्रतिक्रिया दिनुहोस्