काठमाडौं,१९ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले भेटवार्ता गरेका छन् ।
शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रचण्ड, घिमिरे र तिमिल्सिनाबीच छलफल भएको हो । छलफलमा संसद्को प्रभावकारीता र आगामी अधिवेशनमा गर्ने कामको बारेमा छलफल भएको थियो ।
सरकराले सोमबारका लागि संसद्को हिउँदे अधिवेशन आह्वान गरेको छ । यसैबारेमा प्रधानमन्त्री प्रचण्डले सभामुख र अध्यक्षसँग ब्रिफिङ लिएका हुन् ।