Logo

सिटिजन्स बैंक र विनायक अस्पतालबीच समझदारीपत्रमा हस्ताक्षर, उपचारमा १० प्रतिशतसम्म छुट



काठमाडौं, १९ माघ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र विनायक अस्पताल तथा प्रसुति गृह प्रा.लि.बीच ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

काठमाडौंको टोखास्थित रहेको विनायक अस्पताल र बैंकबीच सिटिजन्स बैंकका कार्डवाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूलाई उपचार तथा प्रसुति गृहका सेवाहरुमा १० प्रतिशतसम्म छुट दिने सम्झौता भएको हो ।

अस्पतालसँगको सहकार्यबाट ग्राहकहरु लभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुनेविश्वास बैंकले लिएको छ ।

बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ ।

सिटिजन्स बैंकले देशैभरी फैलिएका आफ्ना एक सय ९० वटा शाखा, एक सय ५२ वटा एटीएम र ९७ वटा शाखारहित बैंकिङ्ग ईकाईहरुबाट सेवा प्रदान गर्दै आएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot