Logo

पर्यटन मन्त्रालयका उपसचिव नेपाल भ्रष्टाचार मुद्दामा दोषी ठहर



काठमाडौं, १९ माघ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन उपसचिव प्रमोद नेपाल भ्रष्टाचार मुद्दामा दोषीय ठहर भएका छन् ।

घुससहित रङ्गेहात पक्राउ परेका नेपाललाई विशेष अदालतले दोषी ठहर गर्दै एक वर्ष कैद र छ लाख रुपैयाँ जरिवानाको सजाय सुनाएको हो ।

उनी २०७९ साउन २२ गते साढे २२ लाख रुपैयाँसहित पक्राउ परेका थिए । उपसचिव नेपालले प्याराग्लाईडिङ्ग सञ्चालनको लागि अनुमति पत्र (लाइसेन्स) उपलब्ध गराइदिने कामका लागि सेवाग्राहीसँग उक्त रकम घुस लिएका थिए ।



प्रतिक्रिया दिनुहोस्