Logo

टिआरसी विधेयकलाई प्रचण्डजीले बार्गेनिङको भर्याङ बनाउनुभयोः सूर्य थापा



काठमाडौं, २० माघ । नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभा सदस्य सूर्य थापाले आफूहरुले शान्ति प्रक्रियालाई सत्य निरुपण तथा मेलमिलाप सम्बन्धी कानुन बनाएर टुङ्ग्याउन चाहेको भएपनि माओवादीले सधैं बार्गेनिङको भर्याङ बनाएको बताएका छन् ।

आज (शनिबार) नेपाली रेडियो नेटवर्कको ‘नेपाली बहस’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले एमालेले शान्ति प्रक्रियालाई टुङ्ग्याउन चाहेपनि पीडितहरुलाई रुवाएर शान्ति प्रक्रिया टुंग्याउन नसकिने बताएका हुन् ।

‘शान्ति प्रक्रिया निश्कर्षमा पुगेन । यसलाई सत्तामा, संसद्मा, मन्त्री बन्न, प्रधानमन्त्री बन्न, बार्गेनिङ, सौदाबाजी गर्न प्रचण्डजीले सधैं भर्याङ बनाउनुभयो । सौदाबाजीको विषय बनाउनुभयो, बार्गेनिङ चिप्स बनाउनुभयो । १७ बर्ष यही भजाएर खानेमात्रै काम भयो । एमालेलाई शान्ति प्रक्रियासँग केही लिनुदिनु छैन । एमाले शान्ति प्रक्रिया टुङ्ग्याउन चाहन्छ, तर पीडितहरुलाई रुवाएर शान्ति प्रक्रिया टुङ्ग्याउने कोशिश कसैले पनि गर्नु ठीक होईन,’– उनले भने ।

उनले पीडितहरुलाई न्यायको अनुभूति गराउने र शत्य निरुपण तथा मेलमिलापको मर्म आत्मसात गरेर शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउन सत्य निरुपण तथा मेलमिलाप सम्बन्धी कानुन बनाउन पर्ने बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot