Logo

ज्ञानेन्द्र शाहीको स्पष्टोक्ति, ‘विप्लवसँग मेरो कुनैपनि पूर्वाग्रह छैन्’



काठमाडौं, २० माघ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता एवं प्रतिनिधि सभा सदस्य ज्ञानबहादुर शाहीले नेत्रविक्रम चन्द ‘विप्लव’ र उनी नेतृत्वको पार्टीसँग कुनै पूर्वाग्रह नरहेको बताएका छन् । केही दिनअघि ज्ञानेन्द्रले विप्लवको आलोचना गरेका थिए । लगत्तै नेपाल कम्युनिष्ट पार्टीले विज्ञप्ति जारी गर्दै अभिव्यक्ति सच्याउन भनेको थियो । होइन भने गम्भीर परिणाम भोग्न तयार हुनसमेत विज्ञप्तिमार्फत चेतावनी दिएको थियो ।

ज्ञानेन्द्रलाई प्रकाण्डको चेतावनी, ‘अभिव्यक्ति सच्याऊ, नत्र गम्भीर परिणाम भोग्न तयार होऊ’

विप्लव नेतृत्वको नेकपाले विज्ञप्ति जारी गरेको लामो समयसम्म मौन बसेका शाहीले आज एक विज्ञप्ति जारी गर्दै विप्लव र उनी नेतृत्वको पार्टीसँग पूर्वाग्रह नरहेको बताएका हुन् ।

‘राष्ट्र, राष्ट्रियता, नेपाली जनताको पक्षमा १ थोपो रगत रहेसम्म लडिरहने राष्ट्रवादी नेपाली नागरीक हुँ । जहाँ सम्म माओवादी नेता विप्लवसँग मेरो कुनैपनि पुर्वाग्रह छैन् । नेकपाको राष्ट्रभक्ति आन्दोलनप्रती मेरो पूर्ण समर्थ छ । कानुनी राज्यको बारे बोल्दा नेकपा र त्यसको नेतृत्वमा पर्न गएको नकारात्मक असरमा म दुःखी छु,’– उनले विज्ञप्तिमार्फत भनेका छन् ।

साथै, उनले विप्लवसँग तीन बुँदे सम्झौता गर्ने को हुन् ? र किन कार्यान्वयन नगरेको भन्दै सरकारको ध्यानाकार्षणसमेत गराएको छ । विप्लव नेतृत्वको पार्टीले विज्ञप्तिमा आफूमाथि नाङगो दलाल, अराजक, प्रतिगामी भन्ने शब्द प्रयोग गरेकोमा उनले यसमा सत्यता नरहेको समेत बताएका छन् ।

यस्तो छ उनको विज्ञप्ति

२०८० साल माघ १४ गते नेपाल कम्यूनिस्ट पार्टीका प्रवत्ता प्रकाण्ड सी बाट हस्तारीत प्रेस विज्ञपती र तपाईको पार्टीको एक कार्यक्रममा बोलिएका कुराहरू प्रति मेरो गम्भिर ध्यानाकार्षण भएको छ । कानुन सबैका लागी हुनुपर्छ । ठुलालाई चैन सानालाई ऐन हुनुहुँदैन भन्ने न्यायको पक्षमा दिएको मेरो अभिव्यक्तिमा हो । २०८० साल मङ्सिर १० गते जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी जारी भएका माओवादी नेता विप्लवको सम्बन्धमा जारी विज्ञप्तीको बुदा ३ मा प्रकाण्ड सि ले नै उल्लेख गर्नु भएको छ । मैले पूर्ण स्वतन्त्रताको अभिव्यक्तिलाई आत्मसाथ गर्दै भएको , गरेको र देखेको तथ्य र सत्यलाई औंल्याएको विषयलाई ठूलो आपत्तीको विषय मान्नुपर्ने कुनै कारण र अवस्था देखेको छैन भन्ने लाग्छ । विज्ञप्त्तिमा उल्लेखित गरिएका विषयलाई आधार अध्यन गर्दा साम्राज्यवाद र यो देशका नाङगा दलालहरु ३ बुदे सहमतीलाई भङ्ग गरेर देशमा अशान्ति मच्चाउन चाहन्छन् । ३ बुदे सहमती भएको ३ वर्षसम्म पनि राज्यले कार्यान्यन नगर्नु, अदालतले मङसीर १० गते जारी गरेको पक्राउ पुर्जी आवश्यक प्रमाण हो । ३ बुदे सहमती भङग गर्ने षड्यन्त्र हो भनेर जारी विज्ञपत्तिमा उल्लेख भएबाट नै प्रस्ट छ । माओवादी नेता विप्पलव माथि कसको षड्यन्त्र गरेको छ भन्ने कुरा म माओवादी पार्टी र पार्टीका नेताहरुको ध्यानाकर्षण गराउन चाहन्छु ।


३ बुदे सहमती गर्ने को–को हुन ? विप्लबको नाममा अदालतमा मुद्धा हाल्ने को हुन् ? पक्राउ पुर्जी जारी गर्ने अदालतलाई के भन्ने ? यस्ता कुरा हरु प्रस्ट हुँदाहुँदै, थाहा पाउदा–पाउदै मैले बोलेका कुराप्रति आपत्ति जनाउनुको हक छैन । मप्रति लक्षित शब्दहरु नाङगो दलाल, अराजक, प्रतिगामी भनेर लेखिए, बोलिएका भ्रमिक शब्दहरुमा कुनै सत्यता छैन् । राष्ट्र, राष्ट्रियता, नेपाली जनताको पक्षमा १ थोपो रगत रहेसम्म लडिरहने राष्ट्रवादी नेपाली नागरीक हुँ । जहाँ सम्म माओवादी नेता विप्लव संग मेरो कुनैपनि पुर्वाग्रह छैन् नेकपाको राष्ट्रभक्ति आन्दोलन प्रती मेरो पुर्ण समर्थ,छ।कानुनी राज्यको बारे बोल्दा नेकपा र त्यसको नेतृत्वमा पर्न गएको नकारात्मक असरमा म दुखी छु । मेरो उदेश्य परिवर्तनको लागि प्रयत्नशील पार्टी र नेतृत्वलाई हानी पुर्याउने मनसाय नभएको कुरा सबैलाई प्रष्ट पार्न चाहान्छु ।


बहुदलीय व्यवस्थामा वैचारिक फरकमत भएको आधारमा अनग्रिल प्रचारवाजी गर्न, भ्रमिक समाचार सप्रेसण गर्न कदापी सोभनीय मान्न सकिने छैन । विचारको स्वतन्त्रता र मौलिक अधिकारको प्रयोग गर्दा भएका, गरेका र देखेका तथ्यहरु माथी टिप्पणी गर्दा कसैले पनि आपत्ती मान्नु पर्ने, दुख मान्नुपर्ने कुनै कारण छैन् । त्यसकारण विधिको शासन लाई हामी सबैले अनुसरण गर्नु पर्छ भन्ने मान्यतालाई मध्यनजर राख्दै सम्पुर्ण जालझेल र षड्यन्त्र लाई परास्त गर्ने सवै राष्ट्रवादी देशभक्त नेपाली एकढिक्का भएर नेपाली जनताको रोग, भोग, अशान्ती, भ्रष्ट्रचार र राष्ट्रहित विपरीत कार्यहरुको विरुद्ध उभिन सकौँ ।



प्रतिक्रिया दिनुहोस्