Logo

रविको गुनासो, ‘सेटिङ मिलाउन नसक्ने नेताहरु मात्रै जेल गए’



काठमाडौं, २० माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अहिले सेटिङ मिलाउन नसक्ने नेताहरु मात्रै जेल गइरहेको टिप्पणी गरेका छन् । आज (शनिबार) अर्घाखाँचीको सन्धिखर्कमा पार्टीका आम सभालाई सम्बोधन गर्दै उनले छातिमा आँट भएको मान्छेले राम्रोसँग अनुसन्धान गर्ने हो भने औंलामा गन्न सकिने नेताहरुमात्रै बाहिर रहने र बाँकी सबै जेल पर्ने बताए ।

लामिछानेले पुराना दल र नेताहरुले वर्षौंदेखि जनतालाई ढाँटिरहेको बताए । उनले पुराना दल र नेताहरु भागबन्डा र सेटिङमा लागेका भन्दै निर्वाचनमार्फत विकल्प खोज्न जनतामाझ आग्रह गरे ।

आगामी निर्वाचनमा बहुमत ल्याएर रास्वपालाई पहिलो पार्टी बनाउने रविले उद्घोष गरे । बहुमत ल्याएर रास्वपालाई पहिलो पार्टी बनाएपछि पनि सुशासन र परिवर्तन दिन नसके राजनीति नगर्नेसमेत उनले घोषणा गरे ।

‘र्‍याल सिंगान चुहिन्जेल हामी राजनीति गर्दैनौं । एक कार्यकाल एक्लै बहुमतका लागि जनतालाई अपिल गर्छौं । बहुमत पाएपछि सुशासन र परिवर्तन दिन नसके राजनीति गर्दैनौं,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्