Logo

जिबी राई गृहमन्त्री श्रेष्ठकै संरक्षणमा हुनसक्ने रास्वपा सहप्रवक्ताको आशंका (भिडिओसहित)



काठमाडौं, २१ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सहप्रवक्ता रमेश प्रसाईँले पार्टी सभापति रवि लामिछानेको ग्यालेक्सी फोर के टेलिभिजनमा कुनै पनि प्रकारको आर्थिक व्यवस्थापनको जिम्मेवारी नरहेको बताएका छन् । हिजो (शनिबार) प्राइम टाइम्स टेलिभिनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले सभापति लामिछानेले लगानी गरेर नभएर पसिना वापत (स्वेट शेयर) गुडविल शेयर लिएको बताएका हुन् ।

लामिछानेको सहकारी ठगी प्रकरणमा कुनै पनि संलग्नता नरहेको बताएका छन् । लामिछानेको कुनै पनि सहकारीमा बचतकर्ता र सदस्य नरहेको उनको दाबी छ । लामिछानेले सहकारीबाट कुनै पनि आर्थिक कारोबार नगरेर र प्रमाणसमेत अहिलेसम्म फेला नगरेको उनको दाबी छ ।

आफूले लगानी गरेर शेयर नलिएको भएकाले कम्पनी रजिष्ट्रार्ड कार्यालयमा केवल कर्मकाण्ड पूरा गरिएको उनको भनाइ छ । गुडविल शेयरको प्रावधान प्रचलित कानुनमा नरहेकाले कर्मकाण्ड पुर्याएर रविले शेयर फिर्ता गरेका उनको दाबी छ । रास्वपा सभापति लामिछानेले सहकारी पीडितको न्यायका लागि निरन्तर लागिरहने बताएका उनको भनाइ छ ।

‘सहकारी पीडितहरुको पक्षमा सबैभन्दा बुलन्द आवाज उठाउने र सबैभन्दा दह्रो खुट्टा टेकेर सहकारी पीडितहरुको पक्षमा उभिने एकमात्रै राजनीतिक दल राष्ट्रिय स्वतन्त्र पार्टी हो । सहकारी पीडितहरुको पक्षमा हामी निरन्तर उभिइरहन्छौं । सबैभन्दा दह्रोखरो भएर हामी उभिन्छौं । सहकारी पीडकहरु जिबी राईमात्र नभएर अर्बैं सहकारी ठगी गर्ने, अपचलन गर्ने जोसुकै भएपनि, जहाँ कहीँ भएपनि राज्य संयन्त्र परिचालन गरेर कानुनी दायरामा ल्याउनुपर्छ र यस कार्यका लागि रास्वपाको पूर्ण सहयोग र समर्थन रहन्छ भन्नुभएको होईन रवि लामिछानेले ?’ उनले प्रश्न गरे ।

सहकारी ठगी प्रकरणमा जिबी राई पक्राउ नपरेको भन्दै उनले आक्रोश ब्यक्त गरे । साथै, वर्तमान सरकार र गृहमन्त्री नारायणकाजी श्रेष्ठकै संरक्षणमा जिबी राई त छैनन् भनेर उनले आशंका व्यक्त गरे ।

‘आज जिबी राई किन पक्राउ पर्दैनन् । पक्राउ गर्ने दायित्व कसको ? नारायणकाजी श्रेष्ठको दायित्व हो जिबी राईलाई पक्राउ गर्ने । वर्तमान गृहमन्त्री र सरकारको दायित्व हो । तर, जिबी राई किन पक्राउ पर्दैनन् । मलाई शंका लाग्छ– जिबी राई यही सरकारको पेरोलमा त छैनन् ? कतै जिबीराई गृहमन्त्री नारायणकाजी श्रेष्ठकै कतै प्रत्यक्ष, अप्रत्यक्ष संरक्षणमा त छैनन् ? ता कि रवि लामिछानेमाथि लगाइएका आरोपहरुलाई बल्झाइरहन पाइयोस् । जनतालाई मिस गाइड गरेर अल्झाइरहन पाइयोस्,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्