काठमाडौं,२१ माघ । सत्तारुढ दल जनमत पार्टीको केन्द्रीय सचिवालय बैठक जारी छ । केन्द्रीय कार्यालय मध्य नयाँबानेश्वरमा जारी बैठकमा समसामयिक राजनीतिबारे छलफल भइरहेको हो ।बैठकमा सरकारको समीक्षा भइरहेको छ ।
जनमत पार्टी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी भएको छ । पछिल्लो समय सरकारको कामबारे असन्तुष्ट रहँदै आएको छ । मधेश प्रदेश सरकारबाट बाहिरिसकेको जनमत केन्द्रीय सरकारबाट पनि बाहिरिने तयारीमा रहेको बताइन्छ । यद्यपि अझैपनि जनमत पर्ख र हेरको रणनीतिमै रहेको छ ।