Logo

एमाले संसदीय दलको बैठक सुरु



काठमाडौं,२१ माघ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको संसदीय दलको बैठक सुरु भएको छ । बैठक संघीय संसद भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा सुरु भएको हो ।

एमालेको संसदीय दलको बैठक हिजो पनि बसेको थियो । यसअघि हिजो बसेको बैठकमा अध्यक्ष केपी ओलीले सांसदहरूले संसद्मा खेल्नुपर्ने भूमिकाका बारेमा प्रशिक्षण दिएका थिए । आज संसद्मा प्रतिपक्षको हैसियतले कसरी प्रभावकारी भूमिका निर्वाह गर्ने भन्नेबारेमा नेताहरुले ब्रिफिङ गर्नेछन् ।

संसद्को हिउँदे अधिवेशन भोलिबाट सुरु हुँदैछ । भोलिबाट चल्ने बैठकमा एमाले सशक्त ढंगले प्रस्तुत हुने योजनामा रहेको छ ।



प्रतिक्रिया दिनुहोस्