Logo

रास्वपा सरकारमा हुन्थ्यो भने मेलम्ची खानेपानीको समस्या टाक्टुक्क भइसक्थ्योः सोविता गौतम



काठमाडौं, २१ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ एवं प्रतिनिधि सभा सदस्य स्वविता गौतमले अब काठमाडौंवासीले खानेपानी र मेलम्चीवासीले न्याय पाउने बताएकी छन् । आज (आइतबार) मेलम्ची खानेपानी आयोजनास्थलबाट दवाब यात्राको सुरुवात कार्यक्रमलाई सम्बोधन गर्दै अब छिट्टै काठमाडौंवासीले खानेपानी र मेलम्चीवासीले न्याय पाउने विश्वास व्यक्त गरिन् । साथै, रास्वपा सरकरमा नभएका कारण मेलम्ची खानेपानी समस्या समाधान नभएको उनले बताईन् । आफूहरु सरकारलाई समस्या समाधानको उपाय सुझाउनका लागि दवाब यात्रामा निस्किएको उनले बताईन् ।

‘राष्ट्रिय स्वतन्त्र पार्टी अहिले सरकारमा छैन । यहाँहरु सबै जनालाई थाहा छ । हामी प्रतिपक्षमा छौं । प्रतिपक्षमा भएको कारणले गर्दा हामीसँग निर्णय गर्ने क्षमता छैन । यदि हामी सरकारमा भएको हुन्थ्यौं भने देखि आज हामीलाई तपाईँहरुले यहाँ होईन, त्यहाँ बसेर यो काम टाकटुक्क सक्काएको देख्नुहुने थियो । अब हामी प्रश्नमात्रै होईन, सरकारलाई समाधानका लागि सुझाव पनि दिँदैछौं,’– उनले भनिन् ।

नेपाली जनतालाई बाँडिएको सपना वर्षौंसम्म पनि पूरा नभएका कारणले आफूहरु यसको अनुगमन गर्न फिल्डमा आइपुगेको बताईन् । आफूले निर्वाचनको समयमै आफ्नो कार्यकालमा मेलम्चीको पानी खुृवाउने बाचा गरेको भन्दै उनले आफू निरन्तर लागिरहेको बताईन् । काठमाडौं उपत्यकामा रास्वपाबाट पाँच जना सांसद निर्वाचित रहेको बताउँदै उनले सबैको एजेण्डा काठमाडौंलाई पानी खुवाउने र मेलम्चीबासीलाई न्याय दिने रहेको बताईन् ।



प्रतिक्रिया दिनुहोस्