Logo

एमालेले प्रचण्ड र माधव नेपालसँग सहकार्य गर्दैनः महेश बस्नेत



काठमाडौं, २१ माघ । नेकपा (एमाले) का पोलिटब्युरो सदस्य महेश बस्नेतले एमालेले समकालीन राजनीतिमा प्रचण्ड र माधव नेपालसँग सहकार्य नगर्ने बताएका छन् । आज (आइतबार) रिपोर्टर्स क्लब नेपालले समसामयिक विषयमा प्रतिक्रिया लिनका लागि राखेको अन्तिरक्रियात्मक कार्यक्रमलाई सम्बोधन गर्दै नेता बस्नेतले यस्तो बताएका हुन् ।

साथै, अन्तर्राष्ट्रिय शक्तिको दवाबमा कांग्रेसले कमजोर धरातल भएको प्रचण्डलाई बोकेर हिँडेको उनले टिप्पणी गरे । उनले यसले कांग्रेसलाई नै बढी घाटा भइरहेको बताए । कांग्रेस जिम्मेवार हुन नसकेको उनको भनाइ छ । कांग्रेसमा कोशी प्रदेशमा विद्रोहको वातावरण बनेपनि उक्त विद्रोहबाट कांग्रेसले पाठ सिक्ने भन्दा पनि उक्त विद्रोहलाई सामसुम गरेर जबर्जस्ती सत्ता टिकाउन लागिपरेको बताए ।

‘प्रचण्डसँग सहकार्य गर्ने कुरा, माधव नेपालसँग सहकार्य गर्ने कुरा आजको समकालीन राजनीतिमा सम्भावना छ भन्ने कुरा मलाई लाग्दैन । त्यो खाले समीकरण बनाउने र सत्तामा जाने हाम्रो इन्ट्रेस्ट छैन ।’ उनले भने, ‘अन्तरार्ष्ट्रिय शक्तिको दवाबमा कांग्रेसले प्रचण्डजस्तो कमजोर धरातल भएको व्यक्तिलाई च्यापेर हिँडेको छ । त्यसले प्रचण्डभन्दा पनि कांग्रेस र शेरबहादुर देउवालाई कमजोर बनाइरहेको छ ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot