काठमाडौं, २१ माघ । नेकपा (एमाले) का पोलिटब्युरो सदस्य महेश बस्नेतले दरबार हत्याकाण्ड छानविनको प्रश्न उठिरहँदा माधव नेपालमाथि नैतिकताको प्रश्न सिर्जना भएको बताएका छन् ।
आज (आइतबार) रिपोर्टर्स क्लब नेपालले समसामयिक विषयमा प्रतिक्रिया लिनका लागि राखेको अन्तिरक्रियात्मक कार्यक्रमलाई सम्बोधन गर्दै नेता बस्नेतले विरेन्द्रको वंशनाशपछि राजा बनाइदेऊ भन्दै नेता नेपालले ज्ञानेन्द्रको पाउमा दाम चढाएको दाबी गर्दै उनीमाथि नैतिकताको प्रश्न उठेको बताएका हुन् ।
उनले अहिले पुनर्उत्तथानवादी शक्तिहरुले टाउको उठाउन खोजेका र बैंकका ठगहरुले ज्ञानेन्द्रलाई उचालिरहेका आरोप लगाए । दरबार हत्याकाण्ड छानविनको प्रश्न उठिरहेपनि प्रचण्डले छानविन गर्छन् भन्ने आफूलाई नलागेको बताए ।