Logo

एमाले धादिङ अधिवेशन विवादः ओलीको निर्देशनपछि काठमाडौं आए नेताहरु



काठमाडौं,२१ माघ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को धादिङ जिल्ला अधिवेशनको विवाद केन्द्रसम्म आईपुगेको छ । शनिबार राती कार्ययोजना प्रस्तुत गर्नेसम्बन्धमा विवाद हुँदा नेताहरुबीच कुटाकुट भएको थियो ।

विवाद बढ्दै जाँदा अधिवेशन सोमबारसम्मलाई स्थगित भएको छ । धादिङमा एमाले नेता खेम लोहनी र जिल्ला अध्यक्ष भूमि त्रिपाठी पक्षबीचको गुटगत विवाद कुटाकुटसम्म पुगेको थियो।

सो विवाद समाधानका लागि एमाले अध्यक्ष केपी शर्मा ओलीले एक्सन लिएका छन् । उनले नेताहरुलाई काठमाडौं बोलाएका थिए । ओलीको निर्देशनपछि नेताहरु भूमि त्रिपाठी, बागमती प्रदेश कमिटी अध्यक्ष कैलाश ढुंगेल लगायतका नेताहरु काठमाडौं आएको बताइएको छ ।

धादिङमा बलियो अवस्थामा रहेको त्रिपाठी समूहलाई पन्छाउँदै प्रदेश अध्यक्ष ढुंगेलले लोहनी समूहका डा.रामकुमार अधिकारीलाई अध्यक्ष बनाउन लागि परेपछि विवाद बढेको बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्