Logo

कम्युनिष्ट योद्धा छविचन्द्र ढकालको स्मृतिग्रन्थ सार्वजनिक



Chabichndra

काठमाडौं, २१ माघ । वामपन्थी अग्रज छविचन्द्र ढकालको स्मृतिग्रन्थ सार्वजनिक भएको छ । आज (आइतबार) नेपाल प्रज्ञा प्रतिष्ठानमा एक कार्यक्रमको आयोजना गरी उक्त ग्रन्थ सार्वजनिक गरिएको हो । समाजसेवी एवम् निष्ठावान क्रान्तिकारी कम्युनिष्ट योद्धा ढकालले समाजमा पुर्याएको योगदानको सम्मानस्वरुप उक्त ग्रन्थ प्रकाशित गरिएको हो । ग्रन्थमा राजनीतिज्ञदेखि लेखक गरी ९७ जनाले ढकालको व्यक्तित्वबारे स्मृति लेख लेखेका छन् ।

कार्यक्रममा नेकपा मालेका महासचिव सीपी मैनाली, वरिष्ठ राजनीतिज्ञ बाचस्पती देवकोटा, नेपाली कांग्रेसका नेता शंकर भण्डारी, राजनीतिज्ञ श्रीराम ढकाल, गोविन्द भट्टराई, नेकपा (एमाले) का नेता पूर्व प्रहरी महानिरीक्षक सवेन्द्र खनाल, जसपाका प्रचार विभाग प्रमुख पूर्ण बस्नेत अतिथि रहेका थिए ।



प्रतिक्रिया दिनुहोस्