Logo

संघीयताको विरोध गर्दै प्रदेशमा सभामुख लिने राप्रपा आफ्नो एजेण्डाप्रति इमान्दार छैनः सीके राउत



काठमाडौं,२२ माघ । डा.सीके राउत नेतृत्वको जनमत पार्टीले राष्ट्रिय प्रजातन्त्त पार्टी (राप्रपा) लाई आफ्नो एजेण्डाप्रति इमान्दार नरहेको पार्टीको रुपमा चित्रण गरेका छन् ।

आइतबार बसेको पार्टीको सचिवालय बैठकमा आफ्नो राजनीतिक दस्तावेज पेश गर्दै राउतले राप्रपाले जेठ १ गते पेश गरेको राजनैतिक प्रतिवेदनमा यथास्थितिवादी राजनीतिक कित्ता काँग्रेस र कम्युनिष्टको एकमात्र विकल्प राप्रपालाई प्रस्तुत गरेको र सम्बर्द्धनवादी विचारधारामा आफूलाई उभ्याएको उल्लेख गरेका छन् । ‘राजसंस्था, हिन्दुराष्ट्रको पक्षतिने, संघीयताको विरोध पनि गर्ने र प्रदेश सरकारमा सहभागी पनि हुने राप्रपाले ुलोकतन्त्रको आवरणमा नवसामन्तवाद र सर्वसत्तावाद हावीस भइरहेको निष्कर्ष निकालेको छ। यसले आफ्नो प्रतिबद्धतामा जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, अभिभावकीय संस्थाको रुपमा राजसंस्था, प्रदेश संरचनाको खारेजी, केन्द्र र बलियो स्थानीय तहमात्रै कायम राखे, सर्वधर्म समभाव, पूर्ण धार्मिक स्वतन्त्रतासहितको वैदिक सनातन धर्मसापेक्ष हिन्दुराष्ट्र र कल्याणकारी राज्य स् निशुल्क र गुणस्तरीय सार्वजनिक शिक्षा र स्वास्थ्य सहितका विषयहरू राखेको छ’ उनले भनेका छन् ।

राप्रपाले सके संविधानलाई उल्टाएर हिन्दू राष्ट्र सहितको (संवैधानिक) राजतन्त्र स्थापना गर्ने पक्ष लिएको छ। राप्रपाले एका तिर संघीयताको विरोध गर्छ, तर संघीयतामा प्रदेश सभाको निर्वाचनमा पनि उठेको भन्दै राउतले राप्रपालाई आफ्नै एजेण्डाप्रति इमान्दार नभएको पार्टी भनेका छन्, ।

‘राप्रपा प्रदेश सरकारमा पनि सामेल हुन्छ र प्रदेशहरूको अभिभावक रहेको सभामुख पनि बन्छ । त्यही भएर राप्रपा आफ्नो एजेण्डा प्रति इमान्दार नरहेको र त्यसप्रति झुकाव राख्ने जनमतलाई मात्रै क्याश गरेर संसद्सम्म पुन खोजेको देखिन्छ’उनले भनेका छन् ‘दुई तिहाईले पनि संविधानको आधारभूत प्रस्तावनालाई खारेज नगर्नु पर्न हो। नेपालको संविधानको धारा २७४ (२) अनुसार उपधारा १ र यस संविधानको अन्य धाराको अधीनमा रही यस संविधानको कुनै धारालाई संशोधन वा खारेज गर्ने विधेयक संघीय संसदको कुनै पनि सदनमा पेश गर्न सकिनेछ। यस आधारमा प्रस्तावनामा उल्लेख भएको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई खारेज गर्न सकिँदैन, तर नेपालको संविधान र ऐनको व्याख्यामा पनि शासकहरूले आफू अनुकुल हुने गरी गर्ने भएकोले राप्रपाले त्यो संशयको लाभ लिन चाहिँ सक्नेछ । राप्रपाले निकट भविष्यमै आन्दोलनको घोषणा गरे पनि त्यो चाहिँ अरू समूहहरूले आफ्नो एजेण्डा हाइज्याक गरेकोबाट बढी अभिप्रेरित छ’ ।



प्रतिक्रिया दिनुहोस्