Logo

वर्तमान सरकार नीतिगत भ्रष्टाचारमा लिप्त छः सांसद शर्मा



काठमाडौं, २२ माघ । नेकपा (एमाले) की नेतृ एवं प्रतिनिधि सभा सदस्य दीपा शर्माले वर्तमान सरकार जनताको विपक्षमा र देशको हित विपरीत चलिरहेको टिप्पणी गरेकी छन् । वर्तमान सरकारले गठबन्धनका नाममा संविधान मिचेको र विकासको एक इन्च पनि काम नगरेको उनको दाबी छ ।

हिजो (आइतबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले वर्तमान सरकारले एमाले नेतृत्वको सरकारका पालमा सुरु भएका विकास निर्माणका कामहरु समेत अलपत्र पारेको आरोप लगाईन् । वर्तमान सरकारले मन्त्रीको झण्डा हल्लाउने र एक÷दुई वटा पुराना फाइल खोलेर इस्ट्रन्टबाजी गरिरहेको उनको आरोप छ । साथै, वर्तमान सरकार नीतिगत भ्रष्टाचारमा लिप्त रहेको उनको दाबी छ । अहिलेको सरकार सुशासनको र राष्ट्रियताको मामलामा निकै कमजोर रहेको उनको दाबी छ ।

‘अहिले सरकार नीतिगत भ्रष्टाचारमा लिप्त छ । जनताका दिन दैनिकीसँग जोडिएका कुनै पनि विषय वस्तुसँग सरकार गम्भीर छैन । विकासका नाममा कुनै गति लिन कसेको छैन । राष्ट्रियताको मामलामा यो सरकार निकै कमजोर भएको छ,’– उनले भनिन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot