काठमाडौं, २२ माघ । सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको उजुरी प्रहरीले अस्वीकार गरेको छ । पोखराको सूर्य दर्शन सहकारी ठगी मुद्दामा जिल्ला प्रहरी कार्यालय कास्कीले रित नपुगेको भन्दै दर्ता अस्वीकार गरेको हो ।
उक्त सहकारीका सञ्चालक जिबी राई अहिले फरार छन् । लामिछाने उक्त सहकारीको सदस्यसमेत नरहेको र आवद्धता पुष्टि हुने प्रमाण नभेटिएकाले दर्ता गर्न नसकेको प्रहरीको भनाइ छ ।
सहकारी ठगी प्रकरणमा बचतकर्ताहरुले संघर्ष समितिनै बनाएर आगाडि बढिरहेको छ । रवि लामिछानेविरुद्ध उजुरी दर्ता गर्न बचतकर्ताहरु माघ ९ गते प्रहरी कार्यालय पु्गेका थिए ।