काठमाडौं,२२ माघ । संघीय संसद्को दुवै सदनको हिउँदे अधिवेशन आजबाट सुरु हुँदैछ । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गरेको आह्वान अनुसार आज दिउँसो ४ बजे संसद्को बैठक बस्न लागेको हो ।
यसैबीच प्रतिनिधि सभाको बैठक बस्नुअघि कार्य व्यवस्था तथा परामर्श समितिको बैठकले कार्यतालिका पारित गरेको छ । आज बसेको बैठकले कार्यतालिका पाश गर्दै आजबाट संसद्मा विद्युतिय हाजिर सूचारु गर्ने भएको छ ।
उपस्थिति विवरण दैनिक सार्वजनिक गरेर पारदर्शी रुपमा सार्वजनिक गर्ने बताउँदै सांसदहरुको उपस्थितिका विषयमा हुने टिप्पणी अन्त्य गर्ने बाटो तय गरिएको हो ।
बैठकमा उपस्थितिको विवरण वेबसाइटमार्फत जानकारी गराउने निर्णय पनि गरिएको छ ।