Logo

ल्होछार मनाउन चौरीदेउराली गाउँपालिकाले दियो तीन दिन सार्वजनिक बिदा



काठमाडौं,२२ माघ । काभ्रेको चौरीदेउराली गाउँपालिकाले सोनाम ल्होछारको अवसरमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

ल्होछार धुमधाम र हर्षोल्लासका साथ मनाउन पालिकाले बिदा दिएको जनाएको छ ।

गाउँपालिकामा सो अवसरमा आगामी शुक्रबारदेखि आइतबारसम्म सार्वजनिक बिदा दिन लागिएको हो ।

बिदामा पालिका मातहतका सबै वडा कार्यालय, शैक्षिक संस्थालगायत बन्द हुने छन् ।

सोनाम ल्होछार हिमाली क्षेत्रमा बसोबास गर्ने तामाङ, ह्योल्मो तथा अन्य मुख्य जातिहरू को साझा साँस्कृतिक पर्व हो । यो चाड पुरानो वर्षको बाह्रौ महिनाको पहिलो दिन अनौपचारिक रूपमा मनाइन्छ । सोनाम लोसार किसानहरूले बालिनाली उठाएपछि मनाइने चाड हो ।



प्रतिक्रिया दिनुहोस्