Logo

सिके राउतले गरे रेशम चौधरी नेतृत्वको नाउपाको प्रशंसा



काठमाडौं,२२ माघ । जनमत पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य डा. सिके राउतले ठूला दलहरुले मिसन ०८४ भन्दै जनतालाई धोका दिइरहेका बताएका छन् । जनमतको पार्टी सचिवालय बैठकमा अध्यक्ष राउतले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा आगामी निर्वाचनमा कुनै एक दलले दुई तिहाइ बहुमत ल्याउने कुरा कोरा कल्पनामात्रै भएको उल्लेख गरेका छन् । उनले अहिलेको व्यवस्था र प्रायः राजनीतिक दलहरुको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेका छन् । तर, उनले नागरिक उन्मुक्ति पार्टीको भने खुलेर प्रसंशा गरेका छन् ।

उनले नेपाली कांग्रेस र एमालेप्रति केही नरम देखिएका छन् । तर, ती दलहरुको राजनीतिक दर्शनबारे उनले प्रश्न उठाएका छन् । त्यसैगरी नेकपा (माओवादी केन्द्र) जनता समाजवादी पार्टी नेपालप्रति उनले कडा आक्रोश व्यक्त गरेका छन् । उनले माओवादी पार्टी सर्वसत्तावाद र वंशवादतर्फ उन्मुख भएको आरोप लगाएका छन् । उनले नेकपा (एस) प्रति खरो टिप्पणी गर्दै सैद्धान्तिक धरातल छाडेर व्यक्तिगत अहंकारका आधारमा बनेको पार्टी भनेका छन् । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा नयाँ विचार र दर्शन केही नभएको र सभापति लामिछाने विभिन्न काण्डमा मुछिएको र कुनै पनि बेला पक्राउ पर्नसक्ने खतरा रहेको उल्लेख गरेका छन् । त्यस्तै, राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा आफ्ना एजेण्डाप्रति इमानदार नरहेको उनको प्रतिवेदनमा उल्लेख छ ।

यसरी, सबै पार्टीलाई आलोचनाको बास्केटमा राखेका राउतले नाउपाको भने खुलेरै प्रशंसा गरेका छन् । उनले नाउपाले सुशासन, समृद्धि र पहिचानलाई मूलनारा बनाएको उल्लेख गरेका छन् । नाउपाले समुदायमा आधारित सङघीयता नभएकोले असन्तुष्टि जाहेर गर्दै संविधान अपूरो रहेको, कानून, नीति निर्माण गर्नेहरू एक पक्षीय एकै समूहको भएको, एकल जातीय नश्लवादको विरोधगर्नेहरूले नै एकल राज्य संरचना लागू गरिरहेको भन्दै संसद्मा सबै वर्ग र जातको उपस्थिति हुनु पर्ने र थारू, मुस्लिम, मधेशी, जनतजातिको लागि स्पष्ट आरक्षित क्षेत्र हुनु पर्ने कुरालाई एजेण्डा बनाएको भन्दै उनले प्रशंसा गरेका छन् ।

सिके राउतको दृष्टिकोणमा नाउपा

भर्खरै २०८० पौष २६(२८ गते नागरिक उन्मुक्ति पार्टीले टीकापुरमा आफ्नो प्रथम महाधिवेशन सम्पन्न गरेको छ। जनमत पार्टी झैं उसको राजनीतिक प्रतिवेदनमा समानता देखिन्छ फगत औपचारिकतामात्र पूरा गर्ने हो भने लयमा आर्इ पनि यस पार्टीले सुशासन, समृद्धि र पहिचानलाई मूलनारा बनाएको छ तर यस पार्टीले वैचारिक राजनीतिक प्रतिवेदनमा ूगणतन्त्र नेपालको घोषणासँगै ५८ वर्ष पहिले शुरु एको नेपालको पूँजीवादी जनवादी क्रान्ति सम्पन्न भयो र नेपाली समाज समाजाद निर्माणको चरणमा प्रवेश गर्योू भने गलत निष्कर्ष अरू पार्टीको घोषणापत्रहरूबाट कपी गरेको छ । यस पार्टीले समुदायमा आधारित सङघीयता नभएकोले असन्तुष्टि जाहेर गर्दै संविधान अपूरो रहेको, कानून, नीति निर्माण गर्नेहरू एक पक्षीय एकै समूहको भएको, ूएकल जातीय नश्लवाद को विरोधगर्नेहरूले नै एकल राज्य संरचना लागू गरिरहेको भन्दै संसदमा सबै वर्ग र जातको उपस्थिति हुनु पर्ने र थारू, मुस्लिम, मधेशी, जनतजातिको लागि स्पष्ट आरक्षित क्षेत्र हुनु पर्ने । पहिचान र जनश्रमदानको महत्व, विचौलियाको निर्मूलीकरण, विदेशी आयात बन्द, स्नातकसम्म राज्यले निःशुल्क शिक्षा दिने, स्वराजमूलक शिक्षा, महिला उद्यमीको विकास, सामुहिक साना उद्योग, उत्पादनसँग नागरिकलाई जोड्ने । राज्यको शासकीय स्वरूपमा प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री हुनु पर्ने, सबै तहमा प्रत्यक्ष निर्वाचन प्रणाली लागू हुनु पर्ने, राइट टू रिकल राइट तू रिजेक्ट जस्ता धेरै एजेण्डाहरू जनमत पार्टी जस्तै छन् । धर्म र संस्कृतिको रक्षा गर्ने, अहिले एक पटक नासिए फेरि नआउने । सर्वकालीक सामाजिक सुरक्षा । संघीयता पक्षधर, प्रदेशको नामाकरणसँग असन्तुष्ट देखिएको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot