Logo

एमाले सांसद नेम्वाङको स्वास्थ्यमा सुधार



काठमाडौं,२३ माघ । उपचाररत पूर्व मन्त्री तथा नेकपा एमालेका सांसद वसन्त नेम्वाङको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएको छ । माग १७ गतेबाट ललितपुरको मेडिसिटी अस्पतालमा उपचारतर नेम्वाङको स्वास्थ्य सुधारोन्मुख रहेको उनको परिवारले जनाएका छन् ।

नेम्बाङकी श्रीमती भूमिका सुब्बाले दिएको जानकारी अनुसार उपचार भईरहेको र डाक्टरको सल्लाह अनुसार परिवारका सिमित व्यक्तिबाहेक अरुलाई भेट्न प्रतिबन्ध लगाईएको छ । उनकी श्रीमती भुमिकाले सामाजिक सन्जाल फेसबुकमा फोटो पोष्ट गर्दै लेखेकी छन्, ‘उहाँको स्वास्थ स्थितिबारे बुझ्न मलाई धेरै कलहरू र म्यासेजहरू आइरहेको छ तर मैले रेस्पोन्स गर्न सकिरहेको छुइन । हाल उहाँको स्वास्थ्यमा क्रमिक सुधार भैरहेको छ भन्ने कुरा यसै मार्फत जानकारी पनि गराउन चाहन्छु ।’

पाँचथरबाट संघीय संसद्मा निर्वाचित नेम्वाङ ताप्लेजुङ जिल्लाका इन्चार्ज हुन् । उनी १७ माघमा जिल्ला सचिवालय बैठकका लागि पुगेकोबेला अचानक विरामी परेका थिए । उनलाई ब्रेन स्टोक भएको डाक्टरले बताएका छन् । जिल्लामा उपचार सम्भव नभएपछि १७ गतेनै उनलाई हेलिकप्टरमार्फत काठमाडौं ल्याईएको थियो ।



प्रतिक्रिया दिनुहोस्