Logo

प्रचण्डसँगको भेटमा सांसद अमरेशको गुनासै-गुनासो



काठमाडौं,२३ माघ । नेपाली कांग्रेसबाट तीन पटक सांसद निर्वाचित भएर हाल स्वतन्त्र सांसदको हैसियतमा रहेका डा.अमरेशकुमार सिंहले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् ।

सांसद सिंह र प्रधानमन्त्री प्रचण्डबच आज सिंहदरबारमा भेटवार्ता भएको हो । छोटो समय भएको भेटमा प्रचण्डसमक्ष सांसद अमरेशले निक्कै गुनासो पोखेको बालुवाटार स्रोतले जनाएको छ । पछिल्लो समय अमरेश र प्रधानमन्त्री प्रचण्डबीच सम्बन्धमा दरार आएको छ ।

प्रचण्ड नेतृत्वको सरकारमा सामेल हुने र मन्त्री बन्ने चर्चामा रहेका अमरेशले मंसिर अन्तिम साता प्रधानमन्त्री प्रचण्ड पुत्रीसमेत रहेकी स्वकिय सचिव गंगा दाहालमाथ एनसेलको शेयर खरिद बिक्री प्रकरणलाई लिएर तथ्यहिन आरोप लगाएका थिए ।

मलेसियन कम्पनी आजियाटाले एनसेलमा रहेको आफ्नो समित्व बेचेर नेपालबाट बाहिरिने निर्णय गर्नासाथ विवादमा मुछिएपछि सांसद सिंहले प्रचण्डलक्षित विभिन्न टिप्पणी गरेका थिए । ‘प्रधानमन्त्रीकी छोरी तथा स्वकीय सचिव गंगा दहालले कुन–कुन ब्यापारीसँग कुन–कुन मामिलामा कति रकम बुझेकी छिन् त्यो सबै प्रमाण मसँग सुरक्षित छ’ सांसद सिंहले सामाजिक सञ्जालमा स्टाटस लेख्दै भनेका थिए, ‘समय आएपछि त्यो सबै प्रमाण जनता र मिडियामा लिएर जानेछु ।’

सांसद सिंहको उक्त स्टाटसपछि प्रधानमन्त्रीको सचिवालयले खण्डनसमेत गरेको थियो । प्रधानमन्त्रीको सचिवालयले प्रधानमन्त्री र सचिवालयका कसैको पनि एनसेल र त्यस प्रकरणमा कुनै पनि व्यक्तिसँग मिलेमतो त परै जाओस् सामान्य संवादसम्म पनि नभएको स्पष्ट पारेको थियो । सचिवालयले कुनै तथ्य प्रमाणबिना यस प्रकारका झुट्टा प्रचार नगर्न सम्बन्धित सबैमा आग्रह गरेको थियो भने माओवादी केन्द्रका नेताहरुले अमरेशलाई ठेगानमा बस्न नत्र आफूहरुले ठेगान लर्गादिेन चेतावनी दिएका थिए ।

आरोप प्रत्यारोपछि सम्बन्ध निक्कै चिसिएको थियो । नेपालमा गणतन्त्र ल्याउन र तत्कालीन माओवादीलाई शान्तिप्रक्रियामा सामेल गराउन महत्वपूर्ण भूमिका खेलेको दावी गर्ने सांसद सिंह पछिल्लो समय बालुटारको तारो बनेका थिए ।

सोमबारबाट सुरु भएको संसद्को हिउँदे अधिवेशनमा सहभागी हुनेक्रममा प्रधानमन्त्री दाहालसमक्ष भेटको लागि गुहार गरेपछि भेट्ने मौका पाएका हुन् ।

सिंहदरबारमा भएको भेटमा अमरेशले प्रचण्डसँग आफ्नो कुनैपनि दुस्मनी नभएको र वर्तमान सरकारप्रति कुनै असन्तुष्टि नरहेको प्रष्ट पारेको बालुवाटार स्रोतले जनाएको छ । प्रचण्ड पुत्री गंगा दाहालसमेत उपस्थित उक्त भेटमा विगतका तितामिठा कुरा भूलेर नयाँ ढंगबाट अगाढि बढ्नेबारेमा एक प्रकारको सहमति बनेको स्रोतको दाबी छ ।



प्रतिक्रिया दिनुहोस्