Logo

भारत भ्रमणमा रहेको सांसद्को टोली र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथबीच भेटवार्ता



काठमाडौं,२३ माघ । भारत भ्रमणमा रहेको नेपाली सांसदको टोली भेटघाटमा व्यस्त छ ।

संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सभापति राजकिशोर यादवको नेतृत्वमा गएको टोलीले भेटघाटकै क्रममा आज भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग भेटवार्ता गरेका छन् । सामाजिक सञ्चालमा तस्बिर सार्वजनिक गर्दै मुख्यमन्त्री आदित्यनाथले भगवान पशुपतिनाथ तथा छिमेकी देशबाट आएका सांसदगणसँग भेटवार्ता भएको उल्लेख गरेका छन्।

यसअघि नेपाली टोलीले लोकसभाका सभामुख ओम बिरला तथा भारतीय विदेशमन्त्री एस जयशंकरसँग् भेटघाट गरेका थिए । टोलीले त्यहाँका सांसद र उच्च अधिकारीहरुसँग पनि भेट गर्ने कार्यक्रम रहेको छ ।



प्रतिक्रिया दिनुहोस्