काठमाडौं,२४ माघ । संघीय संसद्का नवनियुक्त महासचिव डा पद्यप्रसाद पाण्डेले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनलाई बुधबार सभामुख देवराज घिमिरेले पद तथा गोपनीयताको शपथ दिलाएका हुन् ।
शपथ ग्रहण समारोहमा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिस्लिना, प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना, राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्याल, उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र कानून न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ लगायतको उपस्थिति रहेको थियो ।
यसअघि प्रतिनिधि सभाका सचिव रहेका पाण्डेलाई मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले महासचिवमा नियुक्त गरेका थिए ।तत्कालीन महासचिव डा भरतराज गौतमले पदावधि सकिनुअघि नै राजीनामा दिएपछि सो पद रिक्त थियो ।
तस्बिरहरु- मुकुन्द कालिकोटे/ रिपोर्टर्स नेपाल