Logo

सरकारलाई एमालेको चेतावनी: जनताको आक्रोश उर्लिएर आएको दिन गठबन्धनको धरातल ध्वस्त हुन्छ, हेक्का होस्



काठमाडौं,२४ माघ । नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले सुन तस्करी प्रकरणको छानबिन गर्न गठित आयोगलाई स्वतन्त्र ढंगले काम गर्न नदिएको आरोप लगाएका छन् । बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद गिरीले ओठे भक्तिले मात्र देश नबन्ने भन्दै देश बनाउन राष्ट्रिय भावना चाहिने बताए ।

‘सरकारले सुन तस्करीको छानबिन गर्न बनाएको आयोगले स्वतन्त्र ढंगले काम गर्न पाएन । चौतर्फी राजनीतिक हस्तक्षेप भयो । सरकार सुशासनको रटान लगाउँदै भ्रष्टचारमा लिप्त भयो’ उनले भने ओठे भक्तिले मात्र देश बन्दै देश बनाउन भिजनसँगै दृढ प्रतिज्ञा चाँहिन्छ ।

नेता गिरीले गौतम बुद्धको अस्तधातु विसर्जन गरिएको रामग्राम परियोजनाका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको घरभेटीका छोराको कम्पनीलाई बिना कुनै प्रतिस्पर्धा ९९ वर्षसम्म काम गर्न लिजमा दिएको भन्दै आपत्ति जनाए । उनले जनताको सर्वोपरी हितलाई सरकारले बेवास्ता गरेको भन्दै जनताको आक्रोश उर्लिएर आएको दिन गठबन्धनको धरातल ध्वस्त हुने चेतावनी दिए ।

‘बिना प्रतिस्पर्धा ९९ वर्षलाई सरकारले रामग्राम परियोजना प्रधानमन्त्रीका धरभेटीका छोराको कम्पनीलाई दिने काम गरेपछि जनताले अब को सँग आश गर्ने ? सरकार कुन स्थितिमा छ । कुन धरातमा छ ? । सरकारले बुझोस’ उनले भने गठबन्धनले जानोस । जनताभन्दा ठूलो कुरा कुनै दलाल होइन् । तस्कर होइन् । यो कुरा हेक्का राख्नुपर्छ सरकारले । होइन भने जनताको आक्रोश एकदिन आँधी बनेर आउँछ । त्यतिबेला यो गठबन्धनको धरातल खुस्किने छ । जनताको बीचमा जान नसक्नेगरी लाचार भएर यहिभित्र बस्नुपर्ने स्थिति आउन सक्छ’ ।

पूर्व स्वास्थ्यमन्त्रीसमेत रहेका गिरीले सरकारले कामभन्दा धेरै स्टन्बाजी गरेको आरोपसमेत लगाएका छन् । उनले भने सरकार भ्रष्टाचारीहरूको संरक्षण गर्नमा लागेको छ । एकपछि अर्को ठूला ठूला भ्रष्टाचारका काण्डहरू आइरहेछन् सरकारले भ्रष्टाचारीहरूलाई कारबाही गर्ने बहनामा स्टन्टबाजी गर्छ । तर, कुनै पनि भ्रष्टाचारीलाई कानूनको दायरामा ल्याउने इच्छाशक्ति साथ काम गरेको छैन ।

प्रमुख सचेतक गिरीले सरकारका कारणले राष्ट्रिय गौरवको आयोजना अलपत्र परेको र राज्यको अरबौँ रूपैयाँ के हुन्छ भन्दै चिन्ता व्यक्त गरे ।

“गाउँ–गाउँमा खानेपानी आयोजनालाई सरकारले बजेट नदिँदा ट्यांकी फुटेका छन् । विद्यालय र आधारभुत अस्पताल सरकारले दायित्व भुक्तानी नगर्दा अलपत्र अवस्थामा पुगेको छ,” उनले भने ।

आफ्नो दलको अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओली प्रधानमन्त्री हुँदा सुरू गरेको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम वर्तमान सरकारले अलपत्र पारेको भन्दै उनले आक्रोश पोखे । प्रधानमन्त्री कृषि आधुनिकीकरण जस्ता कार्यक्रम वर्तमान सरकाले अलपत्र पार्दिदा किसान कृषि क्षेत्रमा केही गर्छौँ भन्ने आत्मविश्वास गुमेको उनले बताए ।



प्रतिक्रिया दिनुहोस्