Logo

आफ्ना सांसदलाई अदालतले जन्मकैदको सजाय सुनाएपछि लोसपाले उठायो संसद्मा प्रश्न



काठमाडौं,२४ माघ । मधेश आन्दोलनका क्रममा हत्या भएका सशस्त्र प्रहरीका असई थमन विकको हत्या प्रकरणमा मधेश प्रदेशका सांसद अभिराम शर्मासहितका नेतालाई जन्म कैदको सजाय सुनाईउपछि लोसपमाले आपत्ति जनाएको छ ।

बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै लोसपाका नेता सर्वेन्द्रनाथ सुक्लाले महोत्तरी जिल्ला अदालतको फैसला त्रुटिपूर्ण भएको भन्दै माथिल्लो निकायमा पुनरावेदन जाने पनि बताए । महोत्तरी जिल्ला अदालतले थमन विकको हत्या प्रकरणमा लोसपाका मधेश प्रदेश संसदीय दलका नेतासमेत रहेका शर्मासहित ७ जनालाई जन्मकैदको सजाय सुनाउँदा नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीलाई भने सफाइ दिने फैसला सुनाएको थियो ।

“महोत्तरी जिल्लामा भएको एउटा फैसलाले सम्पूर्ण न्यायप्रेमी जनताको अदालतप्रतिको विश्वासमा संकट ल्याएको छ,” शुक्लले भने, “सामान्य तारिखमा छुटेको व्यक्तिलाई जन्मकैदको फैसला भएको छ । पक्राउपुर्जी छल्नेलाई सफाइ भएको छ ।”

उनले आफूले कानुनी उपचार खोज्ने भन्दै नागरिकको विश्वास कसले फकाइदिने भनेर प्रश्न उठाए । “हामी त त्यसको कानुनी उपचारमा जान्छौँ,” सांसद शुक्लले भने, “तर, न्यायालयको विश्वास फर्कला ?”



प्रतिक्रिया दिनुहोस्