Logo

सुन तस्करी प्रकरणः माओवादी नेतृ रोकाविरुद्ध इन्टरपोलद्वारा डिफ्युजन नोटिस जारी



काठमाडौं, २४ माघ । अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन ‘इन्टरपोल’ले सुन तस्करीमा संलग्न नेकपा (माओवादी) नेतृ अमला रोकाविरुद्ध डिफ्युजन नोटिस जारी गरेको छ । गत साउन २ गते बरामद भएको ६० किलोभन्दा बन्दा बढी सुन तस्करी प्रकरणमा अमलाको संलग्नता देखिएको थियो ।

प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) ले अमलाविरुद्ध इन्टरपोलले ५ फेब्रुअरी डिफ्युजन नोटिस जारी गरेको बताएको छ ।

ठमेलस्थित ‘होटेल भियना’ को सञ्चालक अमला बेल्जियम नागरिक दाबा छिरिङकी श्रीमती हुन् । दावा अहिले सुन तस्करी प्रकरणमा थुनामा छन् । अमला माओवादी केन्द्र निकट रोल्पा–काठमाडौँ सम्पर्क मञ्चको पूर्व उपाध्यक्षसमेत हुन् ।

डिफ्युजन नोटिस जारी गरेपछि इन्टरपोलमा आबद्ध रहेका देशले आफ्नो देशमा सम्बन्धित व्यक्ति भए वा नभएको खोजी गर्छन् । सो व्यक्ति रहेको पत्ता लागे उसको देश फिर्ता पठाउने प्रक्रिया सुरु गर्छ ।



प्रतिक्रिया दिनुहोस्