Logo

प्रतिनिधि सभामा फागुन ६ गते प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने



काठमाडौं,२४ माघ । संघीय संसद् अन्तर्गत प्रतिनिधि सभामा आगामी फागुन ६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग सांसदहरुको प्रश्नोत्तर हुने भएको छ ।

सभामुख देवराज घिमिरेले बुधबारको प्रतिनिधिसभा बैठकमा उक्त जानकारी दिए । सभामुख घिमिरेले प्रश्नोत्तर कार्यक्रमका लागि फागुन २ गते दिउँसो ३ बजेभित्र सांसदहरूलाई लिखित प्रश्न दर्ता गराउने विषयमा पनि जानकारी दिएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकले पूर्वमन्त्री केशवकुमार बुढाथोकीको निधनमा शेक प्रस्ताव पारित गर्दै फागुन ६ गते बिहान ११ बजे बस्नेगरी आजको बैठक स्थगन भएको छ ।



प्रतिक्रिया दिनुहोस्