Logo

एनसेलको ‘डबल मज्जा’ प्याक, बोनसको रूपमा डबल डेटा पाइने



काठमाडौं, २४ माघ । एनसेलले डबल डेटासहित इन्टरनेट सेवा प्रदान गर्न ‘डबल मज्जा प्याक’ ल्याएको छ । ग्राहकहरुले एकदमै मन पराएको यो डबल मजा अफर एनसेलले तीन प्याकहरुका साथ पुनः संचालनमा ल्याएको हो ।

यो अफरमा ग्राहकले ७ दिन भ्यालिडिटी अर्थात समय सीमा रहेको करसहित एक सय ५० मा ५ जीबी डेटा र दुई सयमा ८ जीबी डेटा लिन सक्छन् । त्यसैगरी, आठ सय ८८ मा २८ दिन समयावधि रहेको ८८ जीबी डेटा खरिद गर्न सक्छन् ।

यो प्याकको सबैभन्दा ठूलो विशेषता भनेको प्याकको भ्यालिडिटी नसकिँदै गरिने हरेक खरिदमा ग्राहकले उही मूल्यमा डबल डेटा बोनस स्वरुप प्राप्त गर्दछन् । यदि कुनै ग्राहकले ८ जीबी प्याकको प्याक खरिद गरको ७ दिनभित्र फेरि सोही प्याक खरिद गरेमा, ग्राहकले १६ जीबी डेटा बोनसका रुपमा प्राप्त गर्ने एनसेलले जनाएको छ ।

डबल मजा प्याक खरिद गर्न ग्राहकले एष्ट्रिक्स १७१२३ ह्यास डायल गर्न सक्छन् । साथै, हालैमात्र अद्यावधिक गरिएको एनसेल एप वा एनसेलका अन्य कुनै पनि आधिकारिक च्यानल मार्फत यो प्याक किन्न सकिने बताइएको छ ।

थप परिष्कृत गर्दै पुनः संचालनमा ल्याइएको यो अफरमा बोनसको रूपमा दोब्बर डेटा प्रदान गरिने भएकोले ग्राहकहरुलाई अनलाइन बस्न र डिजिटल रूपमा सम्पर्कमा रहि रहन ठूलो सहयोग पुग्ने विश्वास रहेको एनसेलले जनाएको छ । प्याकको भ्यालिडिटी रहेसम्म ग्राहकले आफ्नो आवश्यकता बमोजिम जति पटक पनि यो प्याक खरिद गरी संचित हुने डेटा भोल्युममार्फत इन्टरनेटमा पहुँचको फाइदा लिन लिन सक्छन् ।

७ दिन भ्यालिडिटी भएका.एक सय ५० र दुई सयका डबल मज्जा प्याकमा पाइने बोनसको संचित डेटा अधिकतम २८ दिनसम्म चलाउन सकिने र आठ सय ८८ को प्याकमा पाइने संचित बोनस डेटा ६० दिनसम्म चलाउन सकिनेछ ।

यसैबीच, एनसेलले करसहित दुई सय २० मा ७ दिन भ्यालिडिटी भएको कम्बो प्याक पनि ल्याएको छ । यो प्याकमा ग्राहकले ४ जीबी डेटा, एक सय मिनेट अल नेट टक टाइम र विभिन्न डिजिटल सेवाहरू प्राप्त गर्दछन् ।



प्रतिक्रिया दिनुहोस्