Logo

क्यानडाविरुद्ध नेपालले सुरुवातमा ब्याटिङ गर्ने



काठमाडौं,२५ माघ । नेपाल र क्यानडाबीचको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज आजदेखि सुरु हुँदैछ । आज त्रिवि मैदान कीर्तिपुरमा नेपाल र क्यानडाबीचको खेल बिहान सवा ९ बजेदेखि सुरू हुनेछ। क्यानडाविरुद्ध नेपालले सुरुवातमा ब्याटिङ गर्ने भएको छ । नेपाल टस जितेर सुरुआतमा ब्याटिङको निर्णय लिएको हो ।

२०१८ मा पहिलो पटक एकदिवसीय मान्यता पाएपछि नेपालले क्याडनासँग पहिलो एकदिवसीय खेल खेल्न लागेको हो।

एकदिवसीय फर्म्याटका खेलमा यसअघि प्रतिस्पर्धा भए पनि नेपाल र क्याडनाले पहिलो पटक एकदिवसीय मान्यता प्राप्त खेल खेल्न लागेका हुन्।

नेपालका मुख्य प्रशिक्षक मोन्टी देसाईले प्रशिक्षक मोन्टी देशाईले क्यानडाविरुद्धको सिरिजमा केही युवा र नयाँ खेलाडीलाई अवसर दिएका छन्। क्यानडातर्फ पुबुदु दासानायके प्रशिक्षक छन्। पुबुदु पनि नेपालका पूर्वप्रशिक्षक हुन्।

सिरिजअन्तर्गत कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा माघ २५ गते २७ र २९ गते नेपालले क्यानडासँग प्रतिस्पर्धा गर्नेछ।

क्यानडासँग खेल्ने नेपाली टोली
रोहितकुमार पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, देव खनाल, कुशल मल्ल, भीम सार्की, आरिफ शेख, पवन सराफ, सोमपाल कामी, हेमन्त धामी, रिजन ढकाल, सूर्य तामाङ, ललित राजवंशी, आकाश चन्द र अनिल साह।



प्रतिक्रिया दिनुहोस्

Screenshot