काठमाडौं,२५ माघ । नेपाल र क्यानडाबीचको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज आजदेखि सुरु हुँदैछ । आज त्रिवि मैदान कीर्तिपुरमा नेपाल र क्यानडाबीचको खेल बिहान सवा ९ बजेदेखि सुरू हुनेछ। क्यानडाविरुद्ध नेपालले सुरुवातमा ब्याटिङ गर्ने भएको छ । नेपाल टस जितेर सुरुआतमा ब्याटिङको निर्णय लिएको हो ।
क्यानडाविरुद्ध नेपालका लागि दुई खेलाडीले ओडिआईमा डेब्यु गर्दैछन् सूर्य तामाङ र रिजन ढकालले ओडिआईमा डेब्यु गर्न लागेका हुन् । उनीहरु दुवैले भर्खरै सकिएको प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेका थिए । बागमती प्रदेशबाट खेलको सूर्यले कूल ३० विकेट लिँदा रिजनले १५ विकेट लिएका थिए । रिजनले सोमपाल कामीलाई बलिङ आक्रामणमा साथ दिनेछन् । करण केसीलाई यस सिरिजमा विश्राम दिएको हुँदा रिजनले खेल्ने मौका पाएका हुन् ।
२०१८ मा पहिलो पटक एकदिवसीय मान्यता पाएपछि नेपालले क्याडनासँग पहिलो एकदिवसीय खेल खेल्न लागेको हो।
एकदिवसीय फर्म्याटका खेलमा यसअघि प्रतिस्पर्धा भए पनि नेपाल र क्याडनाले पहिलो पटक एकदिवसीय मान्यता प्राप्त खेल खेल्न लागेका हुन्।
नेपालका मुख्य प्रशिक्षक मोन्टी देसाईले प्रशिक्षक मोन्टी देशाईले क्यानडाविरुद्धको सिरिजमा केही युवा र नयाँ खेलाडीलाई अवसर दिएका छन्। क्यानडातर्फ पुबुदु दासानायके प्रशिक्षक छन्। पुबुदु पनि नेपालका पूर्वप्रशिक्षक हुन्।
सिरिजअन्तर्गत कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा माघ २५ गते २७ र २९ गते नेपालले क्यानडासँग प्रतिस्पर्धा गर्नेछ।
नेपालको प्लेइङ-११ रोहित पौडेल (कप्तान) , आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, भीम सार्की, आरिफ शेख, पवन सर्राफ, सोमपाल कामी, रिजन ढकाल, सूर्य तामाङ, ललित नारायण राजवंशी ।