Logo

क्यानडाविरुद्ध ३ विकेट गुमाएको नेपालको १०० रन पूरा



काठमाडौं,२५ माघ । नेपाल र क्यानडाबीचको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत नेपालले एक सय रन पूरा गरेको छ ।

त्रिवि मैदानमा टस जितेर सुरुआतमा ब्याटिङ गरिरहेको नेपालले १९ ओभरमा ३ विकेट गुमाएर १०० रन पूरा गरेको हो । यसअघि ओपनर आशिफ शेख र कप्तान रोहितकुमार पौडेल समान ८ रन जोड्दै आउट भएका थिए । भने भर्खरै अर्धशतक प्रहार गरेका कुशल भूर्तेल आउट भएका छन् ।

५८ बलको सामना गरेका भुर्तेलले ९ चौका र १ छक्का हिर्काउँदै ६२ रन जोडेका थिए । नेपालको क्रिजमा अहिले कुशल मल्ल र भीम सार्की रहेका छन् ।

क्यानडाविरुद्ध नेपालका लागि दुई खेलाडीले ओडिआईमा डेब्यु गर्दैछन् सूर्य तामाङ र रिजन ढकालले ओडिआईमा डेब्यु गर्न लागेका हुन् । उनीहरु दुवैले भर्खरै सकिएको प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेका थिए । बागमती प्रदेशबाट खेलको सूर्यले कूल ३० विकेट लिँदा रिजनले १५ विकेट लिएका थिए ।

२०१८ मा पहिलो पटक एकदिवसीय मान्यता पाएपछि नेपालले क्याडनासँग पहिलो एकदिवसीय खेल खेल्न लागेको हो।

एकदिवसीय फर्म्याटका खेलमा यसअघि प्रतिस्पर्धा भए पनि नेपाल र क्याडनाले पहिलो पटक एकदिवसीय मान्यता प्राप्त खेल खेल्न लागेका हुन्।

नेपालका मुख्य प्रशिक्षक मोन्टी देसाईले प्रशिक्षक मोन्टी देशाईले क्यानडाविरुद्धको सिरिजमा केही युवा र नयाँ खेलाडीलाई अवसर दिएका छन्। क्यानडातर्फ पुबुदु दासानायके प्रशिक्षक छन्। पुबुदु पनि नेपालका पूर्वप्रशिक्षक हुन्।

सिरिजअन्तर्गत कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा माघ २५ गते २७ र २९ गते नेपालले क्यानडासँग प्रतिस्पर्धा गर्नेछ।



प्रतिक्रिया दिनुहोस्

Screenshot