Logo

‘सन्दीप हाम्रो शान हुन्’ भन्दै त्रिवि मैदानमा दर्शकको हुटिङ, २ जना प्रहरी नियन्त्रणमा (तस्बिरहरु)



काठमाडौं,२५ माघ । नेपाल र क्यानडाबीचको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज जारी छ । कीर्तिपूरस्थित त्रिवि मैदानमा जारी खेलमा नेपालले सुरुवातमा ब्याटिङ गरिरहेको छ ।

नेपालले ४७ ओभरको खेल चलिरहँदा ७ विकेट गुमाएको नेपालले २०४ रन जोडेको छ । नेपालको ब्याटिङ चलिरहँदा मैदान बाहिर सन्दीप लामिछानेको पक्षमा दर्शकले हुटिङ गरेपछि केहीबेर खेल रोकिएको छ ।

‘सन्दीप हाम्रो शान हुन्, हामीलाई सन्दीप चाहियो’ भन्दै दर्शक दिर्घाबाट हुटिङ भएपछि प्रहरीले हस्तक्षप गर्यो । दर्शकले बोकेका केही ब्यानर पनि प्रहरीले खोसेको छ । केहीबेर तनावको अवस्था सिर्जना भएको थियो ।

सन्दीप बलात्कारको मुद्दामा परेपछि हाल टिम बाहिर रहेका छन् । सन्दीपको शानदार प्रदर्शनको कारण नेपालले गएको एक वर्षको क्रिकेटमा ठूलो फड्को मारेको छ ।

तस्बिर मुकुन्द कालिकोटे रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्

Screenshot