Logo

जिबी राईका व्यापारिक साझेदार पूर्वडीआईजी जोशीको घरमा प्रहरीको छापा



काठमाडौं, २५ माघ । नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीको घरमा प्रहरीले छापा मारेको छ । प्रहरी परिसर काठमाडौंको टोलीले शंखमुलस्थित उनको घरमा हिजो (बुधबार) बेलुका छापा मारेको हो ।

सहकारी ठगी प्रकरणमा फरार रहेका जिबी राईका विरुद्धमा थप प्रमाण र उनीसँग संवद्ध कागजात रहेको आशंकामा प्रहरीले पूर्वडीआईजीको जोशीको घरमा छापा मारेको थियो ।

पूर्वडीआईजी जोशी जिबी राईका ब्यापारिक साझेदार हुन् । उनको घरबाट चारवटा सफ्टवेयर नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । उक्त सफ्टवेयर पोखरास्थित सूर्यदर्शन सहकारीसँग सम्बन्धित हुनसक्ने प्रहरीको आशंका छ ।



प्रतिक्रिया दिनुहोस्