Logo

डेब्यु खेलमा रिजनले दिलाए नेपाललाई पहिलो सफलता



काठमाडौं,२५ माघ । एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज अन्तर्गतको खेलमा नेपालले दिएको २२५ रनको लक्ष्य पछ्याएको क्यानडालाई पहिलो झट्का लागेको छ ।

कीर्तिपूरस्थित त्रिवि मैदानमा ब्याटिङ गरिरहेको क्यानडाले २।५ ओभरमा पहिलो विकेट गुमाएको हो । रिजन ढकालको बलमा नवनित दलिवाल ६ रनमा आउट भएका हुन् । रिजनको ओडीआई खेलमा आज डेब्यू खेल हो ।

ताजा अवस्थामा क्यानडाले २१ रन जोडेर १ विकेट गुमाएको छ ।

रिजनले आफ्नो करिअरको पाँचौं बलमा अन्तर्राष्ट्रिय पहिलो विकेट लिएका छन् । लेन्थको बल नवनित एज लागेर फस्ट स्लिपमा आरिफ शेखबाट सहज क्याच आउट भए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot