Logo

सोमपालले लिए आक्रामक ब्याटिङ गरिरहेका आरोन जोनसनको विकेट



काठमाडौं,२५ माघ । एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज अन्तर्गतको खेलमा नेपालले दिएको २२५ रनको लक्ष्य पछ्याएको क्यानडालाई दोस्रो झट्का लागेको छ ।

कीर्तिपूरस्थित त्रिवि मैदानमा ब्याटिङ गरिरहेको क्यानडाले २।५ ओभरमा पहिलो विकेट गुमाएको थियो । रिजन ढकालको बलमा नवनित दलिवाल ६ रनमा आउट भएका हुन् । रिजनको ओडीआई खेलमा आज डेब्यू खेल हो ।

त्यस्तै भर्खरै ५ ओभरको अन्तिम बलमा आरोन जोनसन आउट भएका छन् । २० रन जोडेर आक्रामक पाली खेलिरहेका उनलाई सोमपाल कामीले आउट गरेका छन् । ताजा अवस्थामा क्यानडाले २ विकेट गुमाएर ३५ रन जोडेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot