काठमाडौं, २५ माघ । सुन तस्करी प्रकरणमा छानविन समितिले बयानका लागि बोलाएपछि नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष एवं पूर्व सभामुख कृष्णबहादुर महरा सिंहदरबारस्थित समितिको कार्यालयमा पुगेका छन् ।
विद्युतीय सिग्रेट (भेप) मा लुकाएर तस्करी भएको ९ किलो सुनमा चिनियाँ तस्करहरुसँग संलग्नता देखिएको भन्दै प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) ले उनको बयान लिएको थियो । महराका छोरा राहुललाई भने अहिले थुनामा छन् ।