Logo

माधव नेपालको गृहजिल्लामा केपी ओलीलाई १०१ किलोको माला



काठमाडौं,२५ माघ । जिल्ला अधिवेशन उद्घाटनका लागि रौतहट पुगेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई रौतहटवासीले भव्य स्वागत गरेका छन् ।

बिहीबार रौतहट एमालेको जिल्ला अधिवेशना उद्घाटनका लागि पुगेका पूर्व प्रधानमन्त्रीसमेत रहेका अ‍ोलीलाई कार्यकर्ताले १०१ किलोको मालाले स्वागत गरेका हुन् ।

रौतहट नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको गृहजिल्ला हो । नेकपा एस एमालेबाट टुक्रिएर बनेको नयाँ पार्टी हो । पार्टी विभाजनपछि ओली पहिलो पटक नेपालको गृहजिल्ला पुगेका हुन् । नेपालको गृहजिल्ला भएको कारण तुलनात्मक रुपमा मधेशका अन्य जिल्लामा भन्दा रौतहटमा एमालेको मतभार कमजोर रहकेो छ ।

गरुडास्थित श्रीराम सुगर मिलको चौरमा जिल्ला अधिवेशनको उद्घाटन सत्र भएको छ। एमालेले यो वर्ष तहगत अधिवेशन गर्ने भएको छ। जेठ मसान्तभित्र जिल्ला अधिवेशन सक्न निर्देशन दिएको छ।



प्रतिक्रिया दिनुहोस्