Logo

सुन तस्करी प्रकरण: भण्डारीले पनि दिए बयान



काठमाडौं,२५ माघ । गत साउन २ गते काठमाडौंको सिनामंगलबाट बरामद भएको ६१ किलो सुन प्रकरणमा छानबिन गर्न गठित समितिले विद् ल्याबका सञ्चालक भीमकान्त भण्डारीसँग बयान लिएको छ ।

बिहीबार भण्डारीले सिंहदरबारमा रहेको छानबिन समितिको कार्यकक्षमा पुगेर बयान दिएका हुन् । नेपाल सरकारका पूर्व कर्मचारीसमेत रहेका भण्डारी सुन तस्करी प्रकरणमा पक्राउ परेकाहरुसँग जोडिएको सीआईबीको आशंका छ ।

६० किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका चिनियाँ मूलका बेल्जियन नागरिक दावा छिरिङसँग पटक–पटक कुराकानी भएको देखिएपछि उनी छााबिनको दायरामा परेका हुन् । समितिले बोलाएपछि भण्डारी बिहीबार सिंहदरबार गएका थिए ।



प्रतिक्रिया दिनुहोस्