Logo

एमाले दोलखाको अध्यक्षमा नरबहादुर श्रेष्ठ निर्वाचित



काठमाडौं,२६ माघ । नेकपा एमाले दोलखाको अध्यक्षमा नरबहादुर श्रेष्ठ निर्वाचित भएका छन् ।

एमाले दोलखाको विहीबार सम्पन्न १०औं अधिवेशनमा नेतृत्व चयनका लागि भएको निर्वाचनबाट श्रेष्ठ अध्यक्ष निर्वाचित भएका हुन् । उनले ३३३ मत प्राप्त गरेका थिए भने अध्यक्षका अन्य दुई उम्मेदवार ईश्वरचन्द्र पोखरेलले २३८ र भरत दुलालले ३८ मत प्राप्त गरे।

यो श्रेष्ठको दोस्रो कार्यकाल हो । उनी नवौंं अधिवेशनबाट पनि अध्यक्षमा निर्वाचित भएका थिए । यसैगरी उपाध्यक्षमा राजेन्द्र मानन्धर विजयी भएका छन् । मानन्धर ३३६ मतसहित विजयी हुँदा उपाध्यक्षका अर्का प्रतिस्पर्धी हिरा थोकरले २६३ मत पाए ।

यस्तै सचिवमा स्वयमवहादुर खड्का ३०४ मत प्राप्त गरी बिजयी हुँदा सचिवका अर्का उम्मेदवार कृष्ण वस्नेतले २८४ मत प्राप्त गरे भने । उपसचिवमा हरि ओली र कमला बस्नेत निर्वाचित भएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot