Logo

बनेपा नगरपालिका ९ का वडाध्यक्ष बादेविरुद्ध भ्रष्टाचारको मुद्दा दायर



काठमाडौं,२६ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काभ्रेको बनेपाल नगरपालिका ९ का वडाध्यक्ष नृपेश बादेविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

अख्तियारले आज घर बाटो सिफारिस गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग घुसररिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा १५ लाख घुससहित पक्राउ परेको थियो । अनुसन्धानका क्रममा पुष्टि भएपछि आज विशेष अदालतमा मुद्दादायर गरेको हो ।

‘अनुसन्धानको सिलसिलामा जिल्ला काभ्रे, बनेपा नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष नृपेश बादेले घरबाटो सिफारिस गरिदिने प्रयोजनार्थ सेवाग्राहीसँग रु।१५,००,०००।– (पन्ध्र लाख रुपैयाँ) घुस–रिसवत माग गरी लिएको पुष्टि भएको हुँदा निज नृपेश बादेले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ अन्तर्गतको कसुर गरेकोले निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो रु १५,००,००० कायम गरी सोही ऐनको दफा ३ को उपदफा १ को देहाय (च) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना सजाय हुन मागदाबी लिई आज विशेष अदालत काठमाडौँमा आरोप पत्र दायर गरिएको  छ’, अख्तियारले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।  



प्रतिक्रिया दिनुहोस्

Screenshot