काठमाडौं,२६ माघ । सत्तारुढ दल नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बसिरहेको छ।
बैडक पार्टी मुख्यालय पेरिसडाँडामा बसिरहेको हो । आजको बैठकले केन्द्रीय समिति बैठकमा पेश गर्ने एजेण्डा तय गर्नेछ । यसबाहेक सरकार, पछिल्ला राजनीतिक घटनाक्रम र सरकारले ल्याउन लागेको नीति तथा कार्यक्रमको विषयमा समेत छलफल भइरहेको नेताहरूको भनाई छ।
माओवादी केन्द्रीय समिति बैठक आइतबार र सोमबार बस्दैछ।