- धिरज शेर्पाली
सर्वप्रथम, संविधान र ब्यवस्थामा केही विषय थप्दैमा समाजवादी भइहालिन्छ भन्ने होईन । तर, समाजवाद उन्मुख अवस्य हुन्छ । लोकतन्त्र भनेको समाजवादमा पुग्ने बाटो हो भने समाजवाद उच्चस्तरको लोकतन्त्र हो। यी दुई दार्शनिक प्रवर्गबिना दुनियाँ बुझ्न र बदल्न सकिन्न । हिजोको जस्तो एकल रेखात्मक दार्शनिक प्रबर्ग हैन ।
बरु बहु रेखात्मक बाटोबाट चौथो औद्योगिक क्रान्तिको नेतृत्व गर्ने पार्टी विधान बनौं । २१औं शताब्दीको नेतृत्व गर्ने विचारधारा सश्लेषण गरौं । यसमा टेकेर नयाँ ढङ्गको समाजवादी शक्तिको नेतृत्वमा विभिन्न चरण हुँदैन । पुरानो एकदलीय शास्त्रीय ढाँचाको होइन । प्रतिस्पर्धी र सहकार्यको ढाँचाको समाजवादी प्रणालीमा पुर्याउन सकिन्छ । जसलाई हामी doctrine of Redical transfarmation अर्थात, क्रातिकारी रुपान्तरणको सिद्धान्त भन्न सकिन्छ ।
दोस्रो, त्यसको निम्ति पहिलो सर्त, यहाँ प्रस्ताव गरिएको जस्तो नयाँ समाजवादी वैकल्पिक राजनीतिक शक्ति बन्नुपर्छ । त्यो स्थिर ढंगले सत्ता संचालन गर्ने स्थानमा पुग्नुपर्छ । त्यस्ले निश्चित अवधिसम्म इमानदारीपूर्वक संविधान कार्यन्वयन गर्दै समाजिक–आर्थिक स्तर र जनताको उच्च चेतना निश्चित तहसम्म उठाउनु पर्छ ।
तेस्रो , उन्नत तहको चेतना उठेका जनताको नेतृत्वमा बहुसंख्यक उत्पीडित वर्ग, जाति लिङ्ग र जनसमुदायको सहभागितामा बिशाल आन्दोलन उठ्नु पर्छ । सडक ,सदन र सरकारको सयुक्त बलमा यो संविधानलाई संशोधन गरेर वा पुनर्लेखन गरेर अझै समृद्ध समाजवाद उन्मुख बनाउनु पर्छ ।
चौथो, यो चक्र पटक–पटक दोहोर्याएर समाजको आर्थिक–समाजिक स्तर उठाउने र संविधान र ब्यवस्थालाई समुन्नत समाजवादमा रुपान्तरण गर्ने र आवस्यकता परे आम जनविद्रोहको बलमा नयाँ समाजवादी व्यवस्था स्थापना गर्ने बाटो सम्भव र उपयुक्त हुनसक्छ ।
पाचौं, अर्थात हिजोको क्रान्ति वा सुधार भन्दा फरक वा विकसित सुधार वा क्रान्तिको समायोजनसहितको क्रान्तिकारी रुपान्तरण अर्थात (radical transformation) बाटो एकाइसौ शताब्दीको समाजवादी क्रान्तिको बाटो हुनसक्छ ।
(शेर्पाली नेकपा (माओवादी केन्द्र) का बौद्धिक नेता हुन् ।)