Logo

एमाले नेता रिजालको दाबीः ‘माधव नेपाल अब कहिल्यै प्रधानमन्त्री बन्नुहुन्न’



काठमाडौं, २७ माघ । नेकपा (एमाले) का युवा नेता रामप्रसाद रिजालले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपाललाई कांग्रेस र माओवादीले प्रयोग गरिरहेको टिप्पणी गरेका छन् । रिपोर्टर्स नेपालको ‘रिपोर्टर्स संवाद’ कार्यक्रमा पत्रकार मोहन बुढाक्षेत्रीसँग संवाद गर्दै उनले माधव नेपाललाई कांग्रेस–माओवादीले प्रधानमन्त्री बनाउँछु भनेर भनेपनि उनी जीवनमा अब प्रधानमन्त्री नबन्ने ठोकुवा गरे । माधव नेपाल डाहा, इष्र्या रअहंकारले भरिएको नेता भएको उनको टिप्पणी छ ।

‘उहाँ (माधव नेपाल) अब जिन्दगीमा प्रधानमन्त्री बन्नुहुन्न । माधव नेपाल प्रधानमन्त्री हुँदैनन् । उहाँको छाती कुखुराको भन्दा पनि सानो छ । नेपालका नेताहरुमा सबैभन्दा डाहा, इष्र्या गर्ने, अहंकारी, अनुहार कहिल्यै खुसी देख्नुहुन्छ माधव नेपालको ? यस्ता मान्छे प्रधानमन्त्री हुन्छन् ?’ उनले प्रश्न गरे ।

साथै, माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीमा कुनै नेताहरुको पनि भविष्य नरहेको उनको दाबी छ । ढिलोचाँडो झलनाथ खनाल, रामकुमारी झाँक्रीलगायतका नेताहरु एमालेमा आउने उनको दाबी छ । एमालेले माधव नेपालबाहेक अरु नेताहरुलाई पार्टीमा स्वागत गर्ने उनले बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot