Logo

क्रिकेटको सफलतालाई खेल क्षेत्रको प्रस्थान विन्दुको रुपमा लिएका छौंः डिगबहादुर लिम्बु



काठमाडौं, २८ माघ । खेलकुदमन्त्री डिगबहादुर लिम्बुले सरकार खेदकुद क्षेत्रमा विगतमा भएका कमी–कमजोरी र अप्ठ्याराहरुलाई संशोधन गरेर नयाँ ढंगले अगाडि बढ्ने प्रक्रियामा रहेको बताएका छन् ।

आज (आइतबार) नेपाली रेडियो नेटवर्कका नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले आफूहूरु नीतिगत सुधार, खेलाडीलाई पुरस्कार, खेलाडीहरुको वृत्ति विकास लगायतका काममा लागि परेको बताएका हुन् । विगतमा भएका कमी कमजोरीबाट पाठ सिकेर अगाडि बढ्नु पर्ने आवश्यकता रहेको भन्दै आत्तिहाल्ने अवस्था नरहेको बताए ।

क्रिकेटले पछिल्लो समय ठूलो उपलब्धी हाँसिल गरिरहेको भन्दै उनले आफूले प्राथामिकताका साथ व्यवस्थापनमा लागिरहेको बताए । ‘क्रिकेटले जुन सफलता हाँसिल गरिरहेको छ । क्रिकेटको सफलता नै अहिलेको खेल क्षेत्रको प्रस्थान विन्दुको रुपमा लिएका छौं । जुन ढंगले अहिले प्रगति भइरहेको छ, खेलाडिहरुले जुन ढंगले मेहनत गरेर सफलता हाँसिल गरेको अवस्था छ, वल्र्डकपसम्म खेल्ने क्षमता अहिले खेलाडीले राखेका छन्,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्