Logo

लेखेकै आधारमा पत्रकारलाई पक्राउ गरिनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरोधीः महासंघ



काठमाडौं,२८ माघ । नेपाल पत्रकार महासंघले साइबर क्राइमको आरोपमा प्रहरीले २ पत्रकार पक्राउ गरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

महासंघका महासचिव रोशन पुरीले विज्ञप्ति जारी गरी विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ को दुरुपयोग गरी पत्रकारद्वयलाई पक्राउ गरिएको आरोप लगाएका छन्।

नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाका सदस्य ऐश्वर्या कुँवर र माउन्टेन टेलिभिजनका कञ्चनपुर समाचारदाता पुष्कर भट्टलाई प्रहरीले साइबर क्राइमको आरोपमा पक्राउ गरेको थियो । उक्त घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको हो ।

कारोबार ऐन २०६३ को दफा ४७ को दुरुपयोग गर्दै जुन उद्देश्य र प्रयोजनका लागि कानुन ल्याइएको हो, त्यसलाई गलत तरिकाबाट प्रयोग गरी प्रहरीले पत्रकारद्वयलाई पक्राउ गरिएको यो घटनाले महासंघलाई अत्यन्त दुःखी बनाएको महासंघले जनाएको छ ।

महासंघले विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ को जुन प्रयोजनका लागि ल्याइएको सोही प्रयोजनका निम्तिमात्र प्रयोग गरी पत्रकारद्वयको तत्काल रिहाइका लागि सम्बन्धित निकायको ध्यानाकर्षणसमेत गरेको छ ।

लेखेकै आधारमा पत्रकारलाई पक्राउ गरिनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरोधी काम भएको महासंघको ठहर छ । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरोधीे कार्यमा संलग्न प्रहरीमाथि कारबाही गर्न महासंघले सम्बन्धित निकायसँग माग समेत गरेको छ ।



प्रतिक्रिया दिनुहोस्