Logo

काठमाडौंका वृद्धवृद्धालाई ढोग्दै सीके राउतले सुरु गरे नौलो गणतन्त्रको अभियान



काठमाडौं,२८ माघ । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले नौलो गणतन्त्रको अभियान सुरुवात गरेका छन् ।

वर्तमान व्यवस्थाले मुलुकलाई नयाँ गति दिन नसक्ने निष्कर्षसहित नयाँ अभियानको सुभारम्भ गरेका हन् । नयाँ अभियानका लागि भन्दै राउत केहीदिन देखि काठमाडौंका सडकहरुमा वृद्धवृद्धालाई ढोग्दै आर्शिवाद लिईरहेका छन् ।

नौलो गणतन्त्रका लागि भन्दै राउत नेतृत्वको दल जनमत पार्टीले आगामी जेठ १५ गते गणतन्त्र दिवसका दिन काठमाडौंमा आमसभा गर्दैछ । त्यसैको घरदैलो र प्रचार–प्रसारका लागि आफूले वृद्धवृद्धाको आशीर्वाद लिएको राउतले सामाजिक सञ्जाल ट्विटर (एक्स)मा जनाएका छन् ।

देशमा ‘दोस्रो गणतन्त्र’का लागि आन्दोलन गर्नुपर्ने निश्कर्षसहित अध्यक्ष राउतले आन्दोलनका ९ बुँदे मागहरू पनि सार्वजनिक गरिसकेका छन् ।



प्रतिक्रिया दिनुहोस्